No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अल्मेरियामाथि रियलको जित

0

काठमाडौं । स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरिया माथि जित हासिल गरेको हो । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा कप्तान बेन्जेमाले ५ औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए ।

पाँचौ मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे । र, ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफनो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३–० को अग्रता दिलाउन सफल भए । तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउदै खेललाई ३–१ को स्थितिमा बनाई दिए ।

पुनः दोस्रो हाफको सुरुवाती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अन्तरले खेलको स्थिति बनाए भने ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याई दिए ।

त्यसपछि कुनै पनि टिमवाट गोल हुन सकेन, अन्ततः खेल ४–२ मा टुंगियो । यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सिमित रहेको छ । दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शिर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ ।

प्रकाशित: १७ बैशाख २०८०, आईतवार ०३:०४

Leave a Reply