No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाल र युएईबीचको अवरुद्ध खेल भोलि हुने

0

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएई र नेपालबीचको अवरुद्ध खेल मंगलबार हुने भएको छ । सोमबार त्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तरको पानी नरोकिएपछि खेल भोलिका लागि सारिएको हो ।

भोलि आजकै स्थितिबाट खेल पुनः सुचारु हुनेछ । युएईका आसिफ खान ४६, बसिल अहमद १०, आयन खान ५,कप्तान मोहम्मद वासीम ११,आर्यन लक्रा १३, वृत अरविन्द ८,रमीज सहजाद १,रोहन मुस्तफा २ रन वाहुर खान शुन्यमा आउट भए । नेपालका लागि ललित राजवंशीले ३, करण केसी र सन्दीप लामिछानेले दुई दुई, सोमपाल कामी, ललित राजवंशीले एक एक विकेट हात पारे ।

प्रकाशित: १८ बैशाख २०८०, सोमबार १०:०९

Leave a Reply