No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युएई ११७ रनमा अलआउट

0

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलमा यूएई १ सय १७ रनमा अलआउट भएको छ । यूएई ३३ ओभर १ बलमा अलआउट भएको हो । यूएईले नेपाललाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ । फाइनल खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो आज त्यहीँबाट सुरु भएको थियो ।

कीर्तिपुर मैदानमा हिजो खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा थियो । अन्तिम विकेटका रुपमा आज यूएईका जुनैद सिद्दिक आउट भए ।

नेपालका ललित राजवंशील विकेट लिए । आज पनि वर्षाले खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ । एकदिवसीय वरियतामा नेपाल १४औँ तथा यूएई १९ औँ नम्बरमा छ ।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार ०३:५१

Leave a Reply