No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली क्रिकेट टोलीलाई थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत प्रधानमन्त्री नेपाली टोलीलाई बधाई दिँदै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले भनेका छन्, एसीसी प्रिमियर कप क्रिकेटको एसिया कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

मंगलबार युएईसँग भएको खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै उपाधि जितेको उपाधि जितेसँगै नेपाल एसिया कपका लागि छनोट भएको छ ।

प्रकाशित: १९ बैशाख २०८०, मंगलवार ०६:२७

Leave a Reply