No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बार्सिलोना विजयी

0

काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानको बार्सिलोनाले ओसासुनालाई पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले कठिन संघर्ष पछि ओसासुनालाई १–० ले पराजित गरेको हो । स्पोटिफाइ क्याम्प नोउमा मंगलबार राति भएको खेलको ८५औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई १–० को जीत निकाल्न सकेको हो ।

७६औं मिनेटमा मैदान छिरेका अल्वाले फ्रान्की डि जोङको पासमा गोल गरे पछि बार्सिलोनाले पराजय वा बराबरी भोग्न नपरेको हो । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३३ खेलबाट ८२ अंक बटुलेको छ भने पराजित ओसासुना ३३ खेलबाट ४४ अंक जोडेर नवौं स्थानमा सीमित छ । जितसँगै बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

अब अर्को खेलमा स्पान्योललाई हराउन सकेको खण्डमा उ विजेता बन्नेछ । बार्सिलोना २०१८–१९ को सिजनपछि ला लिगाको पुनः च्याम्पियन बन्ने लागेको हो ।

 

प्रकाशित: २० बैशाख २०८०, बुधबार ०४:०१

Leave a Reply