No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एम्बुलेन्स सञ्चालन अनुमतिपत्र नवीकरण गर्न मन्त्रालयको आग्रह

0

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सञ्चालन अनुमति एवम् नवीकरण पत्र लिएर मात्र एम्बुलेन्स सञ्चालन गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी केही एम्बुलेन्सले जनस्वास्थ्य ऐन २०७५ को प्रावधानअनुसार सञ्चालन अनुमति एवम् नवीकरण पत्र नलिईकन एमबुलेन्स सञ्चालन गरिरहेको पाइएको जनाएको छ । राष्ट्रिय एमबुलेन्स निर्देशिका २०७८ अनुसार हरेक दुई वर्षमा एमबुलेन्स सञ्चालन अनुमति नवीकरण गर्नुपर्दछ ।

सञ्जालमा आबद्ध हुन पनि सबै एमबुलेन्स सञ्चालकहरुलाई सूचनामा ३५ दिनभित्र सो निर्देशिकाअनुसार मापदण्ड पूरा गरी एमबुलेन्स सञ्चालन अनुमति तथा नवीकरण प्रमाणपत्र लिई एमबुलेन्स सञ्चालनमा आबद्ध हुन उल्लेख गरिएको छ । उक्त अवधिमा सम्बन्धित सबैले सञ्चालन अनुमति तथा नवीकरण नगरेको पाइएमा कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

नेपालभर एक सय दुई अङ्कको टेलिफोनबाट एमबुलेन्स सेवा प्राप्त गर्ने व्यवस्था मिलाएको छ । हाल सबैको पहुँचमा पुग्ने गरी एमबुलेन्स सञ्चालन गर्न एमबुलेन्स सञ्जालको निर्माण भई सफ्टवेयरमा विवरणको अद्यावधिक गर्ने कार्य भइरहेको मन्त्रालयले सूचनामार्फत जनाएको छ ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार ०८:३९

Leave a Reply