No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेर्पाद्वारा सातदोबाटो पराजित

0

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा शेर्पाले सातदोबाटोलाई १–० गोल अन्तरले पराजित गरेको हो । हारसँगै सादोबाटो लिग तालिकाको शीर्ष स्थानमा सकेन ।

शेर्पालाई जिताउन विदेशी खेलाडी खामिर गिल्सनले गरेको १ मात्र गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफ बराबरीमा सकिएको खेलमा शेर्पाले ६५ औं मिनेटमा गोलको खडेरी तोडेको थियो । गिल्सनले गरेको गोलको अग्रता शेर्पाले अन्तिमसम्म जोगाउँदै महत्वपूर्ण ३ अंक लिन सफल भयो ।

जितसँगै शेर्पा १७ अंकका साथ तालिकाको आठौं स्थानमा उक्लिएको छ । पराजित भएको सातदोबाटो २२ अंकका साथ शीर्ष चारमा रहेको छ ।

प्रकाशित: २० बैशाख २०८०, बुधबार १२:५७

Leave a Reply