No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल

0

काठमाडौ । इंग्लिस प्रिमियर लिगको जारी प्रतियोगितामा म्यानचेस्टर सिटी शीर्षस्थान पुग्न सफल भएको छ । घरेलु मैदान इतिहाद स्डेडियममा बुधबार राति भएको खेलमा वेस्ट हामलाई ३–० ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि ४९औँ मिनेटमा नाथन एकेले बेस्ट हामबिरुद्ध गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । र, ७०औँ मिनेटमा एर्लिङ हालान्डले गोल थपे पछि सिटीको अग्रता दोब्बर हुन पुग्यो । त्यसपछि खेल सकिनु केही समय अघि अर्थात ८५औँ मिनेटमा फिल फोडेनले गोल गरे पछि सिटीले ३–० को सानदार जित निकाल्न सफल मात्रै भएन, सिटी शीर्षस्थानमा पनि उक्लिन पायो ।

यस जितसँगै सिटीले ३३ खेलबाट ७९ अंक बटुलेको छ भने पराराजित वेष्टह्याम ३४ खेलबाट ३४ अंक जोड्दै १५ औं स्थानमा छ । हालान्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्ने कीर्तिमानसमेत बनाएका छन्। उनले ३३ औँ खेलवाट यो कीर्तिमान बनाएका हुन्।

प्रकाशित: २१ बैशाख २०८०, बिहीबार ०३:१४

Leave a Reply