No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेस्सीको करार नविकरण नगर्ने पिएसजीको संकेत

0

काठमाडौं । कुनै पनि जानकारी नदिई साउदी अरब गएको भन्दै पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीको करार नवीकरण नगर्ने संकेत गरेको छ ।

गत आइतबार लोरेन्टविरुद्ध ३–१ को अप्रत्यासित हार बेहोरेपछि क्लबलाई कुनै पनि खबर नै नगरी साउदी अरब गएको भन्दै उनलाई २ साताका लागि निलम्बनमा राखेको खबर सेलाउन नपाउँदै पिएसजीले आफना स्टार खेलाडी मेस्सीको करार नविकरण नगर्ने तयारी गरेको हो ।

साउदीका पयर्टन दूतसमेत रहेका मेस्सीलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निर्णय यसअघि नै गरिसकेको अवस्थामा यो खबर बाहिरिएको हो । पिएसजीमा मेस्सीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ । मेस्सीले अब पीएसजीको खेलाडीका रूपमा तीनवटा खेल मात्र खेल्न पाउनेछन् ।

मेस्सीलाई पुनः अनुबन्ध गर्नका लागि बार्सिलोनाले पनि छलफल चलाइरहेको छ भने इन्टर मियामी र साउदी क्लब अल–हिलालले पनि चासो देखाएका छन् । धेरै जसोले मेस्सी साउदी क्लब अल हिलाल जान सक्ने अनुमान गरेका छन् । उनी माथी अल हिलालले करोडौं खर्च गर्न चाहेको यसअघि नै सार्वजनिक भइसकेको छ ।

प्रकाशित: २१ बैशाख २०८०, बिहीबार ०३:१७

Leave a Reply