No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

द्वन्द्वकालको कथावस्तुमा विमलाले ल्याइने गीतिकथा ‘खती’

0

काठमाडौं । सशस्त्र द्वन्द्वकालको कथावस्तुमा आधारित गीत ‘खती’ युट्युवमा सार्वजनिक भएको छ । डीआर सुजनको स्वरमा तयार भएको गीतलाई विमला हुमागाईंले लेखेकी हुन् । गीतमा गायक सुजनकै संगीत र निर्देशन छ । विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन् ।

बोध अनलाइन टिभी नामक च्यानलबाट सार्वजनिक गीतले द्वन्द्वकालमा आफन्त गुमाउने पीडितको कथा भन्छ । भिडियोमा रीता केसी, बोध श्री, डीआर सुजन, सूर्य वली, सुस्मा खड्का, विमला तामाङ, भरत गोर्खाली, सुशान्त दोङको अभिनय छ ।

गीतबारे कुरा गर्दै लेखिका हुमागाईंले जुन उद्देश्यले द्वन्द्व गरिएपछि त्यसको उपलब्धि अहिले पनि सार्थक हुन नसकेको सन्दर्भमा गीत तयार भएको बताइन् । ‘कामको खोजीमा चैत महिनामा मात्र ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । यो बाध्यताको परिवेशमा गीत तयार भएको हो’ उनले भनिन् ।

प्रकाशित: २३ बैशाख २०८०, शनिबार ०४:३२

Leave a Reply