No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भ्रष्ट दल-तन्त्र !

0

भ्रष्ट दल-तन्त्र !

लुटेरा समूहलाई राजनीतिक दल पनि कसरी भनौ ?
दल-तन्त्र मच्चाउनेलाई कसरी लोकतान्त्रिक भनौ ?
राज्यसत्तामा बसेर लोकतन्त्रको हुर्मत लिदैं,
भ्रष्ट काम गर्नेलाई कसरी नेता भनौ ?

भ्रष्टहरुलाई राज्य सत्ता होईन,
जेलघर तिर चलान गरौ !
राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्दै,
सबै नागरिक समृद्ध हुने कार्य गरौ !
अभाव र तनावमा जनका भकारी भरौ,
मानवीय मूल्य मान्यता उच्च राख्न राजनीति गरौ !

अब त दले मूखियाँका भ्रष्ट कामले अति भयो,
देशमा राष्ट्रिय अर्थतन्त्र झनै सिकिस्त हुदै गयो।

देशैभरिबाट भ्रष्टहरु विरुद्ध प्रतिकार गरौ !
मानवीय मूल्य मान्यताका लागि राजनीति गरौ !

लोकतन्त्रको दुरुपयोग गर्दै भ्रष्टाचार गर्नेलाई,
देशैभरबाट बहिस्कार गरौ !

पुराना दलतन्त्रका मूखियाँहरु लाई बाइबाइ गरौ।
सचेत राजनीतिक चेतना बोकेर राजनीति गरौ,
मानवीय हित हुने लोकतन्त्रको संस्थागत विकास गरौ !!

लुटेरा समूहलाई राजनीतिक दल पनि कसरी भनौ?
दलतन्त्र चलाउनेलाई लोकतान्त्रिक कसरी भनौ ?

भ्रष्टाचारबाट कमाएको सम्पत्ति जफत गरौ !
पुराना भ्रष्ट दल-तन्त्रलाई वाईवाई गरौ,
मानवीय मूल्य मान्यता बोक्ने स्वागत
नेपाली समाजको वनावट अनुसार सुधार गरौ,
सुशासन सहित अग्रगामी लोकतन्त्र स्थापित गरौ!

भ्रष्ट दल-तन्त्रका मूखियाँलाई सत्तामा होईन,
अब ढिला नगरी जेलघर पठाउने तयारी गरौ !
मानवीय मूल्य मान्यता उच्च राख्ने राजनीति गरौ!

ठाकुर पोखरेल

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार ०५:२५

Leave a Reply