No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्व मिक्स बक्सिङमा आयुब र रुपेशलाई स्वर्ण

0

काठमाडौं । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिए ।

विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौल समूहमा स्वर्ण जितेका हुन् । खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका–५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार १४:१०

Leave a Reply