No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ए डिभिजन लिगमा संकटाको जित

0

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सङ्कटा क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित च्यासल मैदानमा मंगलबार भएको खेलमा सङ्कटाले सातदोबाटोलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । सङ्कटाको जितमा दुवै गोल युसेफ एट्रिसले गरे ।

उनले खेलको १४औँ मिनेटमा पहिलो गोल गरे । यस्तै खेलको २६औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै सङ्कटालाई जित दिलाए । यस जितसँगै १६ खेलमा २० अङ्क जोडेको सङ्कटा अङ्कतालिकाको नवौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको सातदोबाटो २३ अङ्कका साथ अङ्कतालिकाको पाँचौँ स्थानमा छ ।

यसैगरी दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी) सँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ । यस खेलसँगै थ्री स्टार दोस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारको १६ खेलमा २५ अङ्क छ । यस्तै एनआरटी १६ खेलमा १८ अङ्क जोड्दै १२ औँ स्थानमा छ ।

प्रकाशित: २६ बैशाख २०८०, मंगलवार १४:२०

Leave a Reply