No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भ्रष्टै-भ्रष्टको जालोमा फसेको नेपाललाई मुक्त कसरी बनाउने ?

0

ठाकुर पोखरेल ।

”फाईलहरु त धेरै छन्-कुनै तत्काल खोल्नै पर्ने! कुनै ढाकछोप गर्नुपर्ने! कुनै गायब बनाउनुपर्ने!कुनै सत्ता सौदाबाजीसँग मिलान गर्नुपर्ने! जसरी हुन्छ मिलिजुली देश लुट्नै पर्ने; –

यस्तो परिस्थितिबाट कसरी बन्दछ समुन्नत र सुरक्षित नेपाल ?
———————————————
देश र राष्ट्रका लागि यी सबै फाइल खोतल्नै पर्छ !

ठिक छ, आरजु र बालकृष्ण तानिने डरले काँग्रेस अगाडि नबढ्ला ! टोपबहादुर, प्रेम राइ र दर्जनौं अरू काण्ड उत्खनन् हुने डरले नक्कली भुटानी शरणार्थी प्रकरण झिसमिस बनाउन एमाले लाग्ला!क्यान्टोन्मेन्ट,एनसेल कर घोटाला प्रकरणमा तानिने डरले माओबादीले यसप्रकरणमा खुट्टा कमाउला! ललिता निवास प्रकरण आइलाग्ने डरले एकीकृत समाजबादी स्वर मधुरो बनाउला! तर यति कुरा पक्का छ की यिनका जनमत त घट्यो घट्यो!! यदि यसमा वा यी प्रकरणमा आवाज बुलन्द जसले गर्छ त्यसको जनमत माथी नै हुनेछ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनले समेत अपराध हुने भनिएका काम,कार्वाही तथा गतिविधिमा संलग्न भएका शिर्ष नेता तथा नेतृत्व पुर्व प्रधानमन्त्री सहित कै हालिमुहालीमा चलेको सत्तालाई लोकतान्त्रिक गणतन्त्रको सत्ता मान्ने कि दल-तन्त्रको सत्ता भन्ने ?

भ्रष्टै भ्रष्ट आचरणले जेलिएका पुराना पुर्व प्रधानमन्त्री सहितका काङ्ग्रेस-कम्युनिष्टहरुले ३४ वर्ष देखि चलाएको चलाएको राज्य सत्ता ! अनि निरिह हामी नेपाली समाज !
व्यवस्था बदल्न आफ्नो जवानी खर्चिएका कारण जिवितलाई वर्षको एक पटक फूलमाला लगाई दिँदै सलुट गर्नैपर्ने हुन्थ्यो! मरेका भए फोटो भित्तामा झुन्डयाएर फूलमाला लगाई सलुट गर्नैपर्ने हुन्थ्यो ! तर,यीनले त त्यो अवस्था पनि बाँकी राखेनन्। त्यतिमात्र होइन देशको आर्थिक, सामाजिक, नैतिक तथा राजनीतिक अवस्थालाई धुजाधुजा बनाए। सत्तामा आफु हुदाँ उनका स्वास्नी, छोरा-छोरी, ज्वाईं — समेतलाई पनि देश लुट्ने विधि,धन्दा, तरिका सिकाए। अब त अति भयो! यस्तो जरजर अबस्था हेरेर बस्न मिल्छ त ? अब ढिलो गर्नुहुँदैन। ”यदी देउवा, वलि र प्रचण्डको सत्तामोह र आफ्नो मान्छे पर्ने डरले भ्रष्टाचार छानबिन रोकिन्छ भने याद राख्नु पुराना राजनितीक दल अन्तिम प्रधानमन्त्री प्रचण्ड थिए भनेर भावि पुस्ताले इतिहास पढ्ने छ। अर्को कुरा के भने लोकतन्त्रको विकल्प अझै सुधारिएको लोकतान्त्रिक व्यवस्था हो। त्यसैले अहिले दलतन्त्रका अन्तिम प्रधानमन्त्री पनि प्रचण्ड!

निष्कर्ष -: यो देश- यी भ्रष्टहरुको मात्र होइन,यीनका बाउको बिर्ता पनि होइन! नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक हो। भौगोलिक बनावट का हिसाबले फरक वातावरणिय विशेषतायुक्त मुलुक हो। यसलाई मध्येनजर गर्दै नेपाली समाजको मौलिक ढाँचामा समुन्नत लोकतन्त्र – प्रगतिशील दृष्टिकोण सहित समानता र समावेशी प्रतिनिधित्व सहितको (inclusive democratic movement)
राज्यव्यवस्था संचालन हुनुपर्छ। जुन कुरा पुराना दलतन्त्रका मूखियाँहरुले हुनदिएका छैनन्। हुनबाट कुनै न कुनै रूपमा बाधक बनिरहेका छन्। पुरानो आदर्श बाट देश राष्ट्र र राष्ट्रियतालाई धुजाधुजा बनाएको टुलुटुलु हेरेर बसिरहनु हुदैँन, खबरदारी नगरी बस्नु पनि देश र राष्ट्र(जनता) प्रति अपमान र अपराध हो। यो देश हाम्रो पनि हो। फेरि एकपटक सचेत नागरिकको हैसियतले आ-आफ्नो ठाउँबाट आ-आफ्नो धारणा तथा आवश्यक परे औजार लिएर उठौ, जागौ र लागौ । सबैको जय होस्

प्रकाशित: २७ बैशाख २०८०, बुधबार ०८:१०

Leave a Reply