No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आर्मीमाथि एपीएफको सहज जित

0

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लवले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

त्यसको ६ मिनेटपछि नविन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जीतसंगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

प्रकाशित: २७ बैशाख २०८०, बुधबार १३:०७

Leave a Reply