No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मच्छिन्द्रलाई पराजित गर्दै चर्च ब्वाइज शीर्ष स्थानमा

0

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लब शीर्ष स्थानमा फर्किएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेलमा चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा फर्कन सफल भएको हो ।

चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल उपहार पाएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए । चर्च ब्वाइज ३० अंक सहित शीर्ष स्थानमा छ भने मच्छिन्द्र २४ अंक सहित तालिकाको चौथो स्थानमा छ ।

 

प्रकाशित: २७ बैशाख २०८०, बुधबार १३:१२

Leave a Reply