No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

झरना थापाको ‘भगवत् गीता’ भदौ २९ मा रिलिज हुने

0

काठमाडौं । सुनिल कुमार थापाले निर्माण गरेको फिल्म ‘भगवत् गीता’ आगामी भदौ २९ गते रिलिज हुने भएको छ । निर्माण टिमले बिहीबार फिल्मको प्रदर्शन मिति तय भएको जानकारी दिएको छ ।

झरना थापा निर्देशित यो फिल्म यसअघि भदौ १५ गतेलाई रिलिज मिति तोकिएको थियो । यही समयमा अर्थात् भदौ २१ मा शाहरुख खान अभिनित फिल्म ‘जवान’ आउने निर्माण टिमले थाहा पाएपछि सरेर भदौ २९ गते पुगेको हो।

फिल्म ‘भगवत् गीता’मा धीरज र सुहाना,विपिन कार्कीको पनि अभिनय रहेको छ। यो फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा निर्माता थापाकै त्रिनेत्रम डिष्ट्रिब्युसन कम्पनीले वितरण गर्ने भएका छन्।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार ०९:०१

Leave a Reply