No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

0

काठमाडौं । प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा सुरु भएको प्रतियोगिताको बलाधिकृतरथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै शुभारम्भ गरे ।

उद्घटन खेल काठमाडौं  जिल्ला टेनिस एशोसियशनका मनोज श्रेष्ठ र याक एण्ड यति क्लबका आशीष सिग्देलबीच भयो । आगामी जेठ ५ गतेसमम सञ्चालन हुने प्रतियोगिता खुलातर्फ पुरुष र महिला एकल तथा मिक्स युगल विधामा हुनेछ ।

भेट्रानतर्फ ३५ वर्ष, ४५ वर्ष र ५५ वर्षमाथि एकल र युगल तथा ६५ र ७० वर्षमाथि एक विधामा खेल सञ्चालन भइरहेको छ । विभिन्न तेह्र खेल विधामा दुई सय ५५ प्रतिस्पर्धा हुने प्रतियोगितामा १४ टेनिस क्लब र विभागीयसहित एक सय ७७ खेलाडीको सहभागिता छ ।

मुलुकको टेनिस खेलको विकासमा सहयोग पुर्याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याइएको हो । सो अवसरमा सैन्यकार्य महानिर्देशक उपरथी बाबुराम श्रेष्ठले सैनिक नागरिकसम्बन्ध विस्तारको कडीकारुपमा रहेको प्रतियोगिता मुलुकको खेलकुदको विकासमा योगदान पुर्याउन सकियोस् भन्नका खातिर आयोजना गरिएको बताए ।

सेनाले प्रतियोगितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पहिचान र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकियोस् भन्ने लक्ष्य राखेको छ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार प्रदान गरिने छ ।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार ११:१७

Leave a Reply