No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मछिन्द्रसँग थ्रीस्टार पराजित

0

काठमाडौं । ए डिभिजन लिगमा मछिन्द्र क्लवले थ्रीस्टार क्लवलाई पराजित गरेको छ । शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो ।मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौं मिनेटमा गरेका थिए ।

जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ । यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । आर्मीसंगं पराजित भएपछि चर्च ब्वाइज शिर्ष स्थानमा पुग्न असफल रह्यो ।

खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।

 

प्रकाशित: ३० बैशाख २०८०, शनिबार १४:०१

Leave a Reply