No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महानगरमा घरबहाल विवरण लिएर आउने घरधनीको सङ्ख्या नगण्य

0

काठमाडौं । काठमाडौँ महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको सङ्ख्या बढ्न सकेको छैन ।

घरबहालमा लगाउनेलाई कानूनी दायरामा ल्याउनका लागि महानगरले गत फागुन ३ गते नै ‘घरबहाल व्यवस्था निर्देशिका’ जारी गरेको थियो । निर्देशिका जारी गरेको तीन महिना बितिसक्दा पनि घरधनी विवरण लिएर नगन्य मात्रामा मात्रै आउने गरेको महानगरको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।

उनका अनुसार घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि गरिएको प्रयास अझै प्रभावकारी हुन सकेको छैन ।

यदि कसैले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाएको छ भने त्यसवापत घरधनीले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्ने कानूनी व्यवस्था नै छ । राजस्व विभागका अनुसार अहिले तीन–चार दिनमा एक–दुई जनामात्रै विवरण बुझाउन आउने गरेका छन् ।

प्रकाशित: ५ जेष्ठ २०८०, शुक्रबार ०३:२०

Leave a Reply