No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शरीरमा आगो लगाएर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

0

काठमाडौं । आफनै जीउँमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको शनिबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो । प्यारालाइसिसले ग्रस्त श्रीमान मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले शुक्रबार दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।

गोले जल्दै डेरावाट निस्के पछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको अस्पतालमा निधन भएको हो ।

 

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार ०४:२१

Leave a Reply