No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उद्यमी बन्न आइडिया बैंकमा आवेदन दिनुस्ः मेयर साह

0

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यावसायिक सोच भएका व्यक्तिलाई आईडिया बैंकमा आवेदन दिन आह्वान गरेका छन् । सामाजिक संजालमार्फत मेयर साहले काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरेका हुन् ।

उनले भनेका छन्, ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो । ‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाईं विद्यार्थी हुनुहुन्छ भने आउनुस् ।’ त्यसका लागि उनले जेठ १९ गतेभित्र आवेदन दिन आग्रह गरेका छन् ।

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार ०५:१३

Leave a Reply