No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रेशम चौधरीको रिहाईका लागि छलफलमा छौं : अध्यक्ष नेपाल

0

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको राष्ट्रिय समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।

शनिबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशैभरी अहिले समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोर्याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताए ।

सरकार मुलुकमा सुशासन कायम गर्नकालागि कदमहरु उठाइरहेको छ, उनले भने ‘यो राम्रो विषय हो, सरकारले ल्याएको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’

फरक प्रसंगमा अध्यक्ष नेपालले रेशम चौधरीलाई रिहाईका लागि हामी सबै लागि परेको बताए । मधेस सरकारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने गरी सहमति भएको जानकारी गराउँदै नेपालले गठबन्धनको मर्म अनुरुप दलहरुलाई सहभागी गराउने जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको जानकारी दिए ।

प्रकाशित: ६ जेष्ठ २०८०, शनिबार ०५:४०

Leave a Reply