No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल सबै खेलमा पराजित

0

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल सबै खेलमा पराजित भएको छ । म्यानमार आज सकिएको खेलमा चाइनिज ताइपेइसँग ५–० गोल अन्तरले पराजित भयो ।

नेपालले खेलेका तीन वटै खेलमा समान ५–० को नतिजा आत्मसाथ गरेपछि जितविहीन बन्दै घर फर्कने भएको हो । यानगोनस्थित थुवुन्ना स्टेडियममा नवौं मिनेटमा लिउ यू चीओले गोल गर्दै चाइनिज ताइपेलाई सुरुवाती अग्रता दिलाइन् ।

२० औं मिनेटमा लाईयू चीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । ३६ औं मिनेटमा शिन यी चिङले टिमका लागि तेस्रो गोल गर्दा ४१ औं मिनेटमा हि जिया शिउअनले गोल गरेपछि ताइपेइ ४–० ले अघि बढेको थियो ।

४५ औं मिनेटमा ताइपेइकी हि जियाले व्यक्तिगत दोस्रो गोल गर्दा टिम भने ५–० ले अघि बढेको थियो । दोस्रो हाफमा थप गोल नखाए पनि चाइनिज ताइपेईविरुद्ध नेपालले दबाब भने सिर्जना गर्न असफल रह्यो ।

प्रकाशित: २७ जेष्ठ २०८०, शनिबार १२:१५

Leave a Reply