No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

म्यानचेस्टर सिटीलाई युईएफए च्याम्पियन्स लिगको उपाधि

0

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । इस्तानबुलमा भएको खेलमा सिटीलाई जित दिलाउन रोड्रीले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलनै सिटीलाई उपाधि जिताउन निर्णायक बन्यो । सिटीले इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई)का शेख मन्सुरले २००८ मा सिटीको स्वामित्व लिएपछि क्लबले १७ वटा उपाधि जितेको छ । तथापी २००९ पछि क्लबमाथि प्रिमियर लिगको वित्तिय नियम उल्लंघन गरेको थुप्रै आरोप लागेको छ ।

प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार ०३:३४

Leave a Reply