No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतलाई दक्षिण एसियाली योग च्याम्पियनशिपको उपाधि

0

काठमाडौं । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो ।

काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा सोमबार भएको फाइनल खेलमा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै नेपालले दोस्रो स्थान हासिल गर्यो । त्यस्तै १  स्वर्ण, ३ रजत जित्दै बङ्गलादेशले तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी दोस्रो माउन्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ कास्य जित्दै प्रथम स्थान हासिल गरेको छ । १ स्वर्ण, २ रतज र २ कास्य जित्दै साउदी अरब दोस्रो तथा ४ कास्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थान हासिल गर्यो ।

यही जेठ २५ गतेदेखि आयोजना भएको उक्त प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, साउदी अरबलगायत राष्ट्रको सहभागिता रहेको थियो ।

प्रकाशित: २९ जेष्ठ २०८०, सोमबार १३:४०

Leave a Reply