No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा

0

काठमाडौं । नेदरल्यान्ड्सलाई पराजित गर्दै क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा क्रोएसियाले नेदरल्यान्ड्सलाई ४–२ गोलले पराजित गरेको हो ।

खेलको ३४ मिनेटमा मालेनको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो। क्रोएसियाका क्रामारिकले ५५ मिनेटमा पेनाल्टीबाट बराबरी गोल गरे । ७२ मिनेटमा पासालिकले गोल गरेपछि क्रोएसियाले २–१ को अग्रता लियो। तर दोस्रो हाफको इन्जुरी टायमम लाङले गोल गरेपछि नेदरल्यान्ड्सले खेलमा २–२ को बराबरी गर्न सफल भएको थियो।

अतिरिक्त समयमा धकेलिएको खेलमा क्रोएसियाका लागि पेट्कोभिकले ९८ मिनेटमा र लुक मोड्रिचले ११६ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । फाइनलमा पुगेसँगै क्रोएसिया पहिलो ठूलो उपाधि नजिक पुगेको छ । अब क्रोएसियाले आइतबार फाइनलमा इटाली वा स्पेनसँग खेल्नेछ।

 

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार ०३:१३

Leave a Reply