No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि विवेक र नवीनलाई

0

ताप्लेजुङ । ताप्लेजुङमा शनिबार सम्पन्न तेस्रो मेयर कप तथा प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताअन्र्तगत मेन्स डबल खुलातर्फको उपाधि विवेक कन्दङ्वा र नवीन सिलवालले हात पारेका छन् । प्रदेशस्तरीय प्रतियोगितामा महेश खड्का र लाक्पा शेर्पा दोस्रो भएका छन् ।
भेट्रान्स डबलतर्फ दीपक आङ्देम्बे र गणेश राई प्रथम भएका छन् भने रामराज आङ्देम्बे र युकमणी लिम्बू द्वितीय भएका छन् ।

मेन्स डबल्स जुनियरतर्फ जिल्लास्तरीय प्रतियोगितामा आइद्रेश लिम्बू र भूपेन्द्र लिम्बू प्रथम भएका छन् भने दक्ष लिम्बू र वसन्त तामाङ दोस्रो बने ।

कर्मचारीतर्फको जिल्लास्तरीय प्रतिस्पर्धामा लक्ष्मण घतानी र खेगेन गुरुङ पहिलो र शिवकुमार काम्बाङ र केशव पौडेल दास्रो भए । मिक्स डबलतर्फ शिवकुमार मगर र सरुना गुरुङ प्रथम हुँदा आइद्रेश लिम्बू र रेसिका गुरुङ दोस्रो बनेका छन् ।

प्रतियोगिताअन्तर्गत मेन्स डबल्स खुलातर्फ प्रथमलाई नगद ३० हजार र द्वितीयलाई नगद २० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । भेट्रान्स डबल्सतर्फ प्रथमलाई नगद २५ हजार र द्वितीयलाई १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ ।

यस्तै मेन्स डबल्स (जुनियर)तर्फ प्रथम हुनेलाई नगद २० हजार र द्वितीय हुनेलाई नगद १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कर्मचारी डबल्सतर्फ प्रथमलाई नगद १५ हजार र द्वितीयलाई नगद १० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक जिल्ला व्याडमिन्टन सङ्घका अध्यक्ष सुरेश लिम्बूले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १० वटा जिल्लाका खेलाडीले सहभागिता जनाएका थिए ।

 

प्रकाशित: २ असार २०८०, शनिबार १६:१०

Leave a Reply