No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘काँडेतार’ आगामी फागुनमा प्रदर्शनमा आउने

0

काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’ आगामी फागुनमा प्रदर्शनमा आउने भएको छ । निर्माता, निर्देशक एवं अभिनेता नवल खड्काले आइतवार जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् ।

पोस्टर सार्वजनिक गर्दै खड्काले फागुन २५ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । महाशिवरात्रिको अवसर पारेर चलचित्र प्रदर्शनमा आउने भएको हो । नेपाल र भारतको सीमामा काँडेतार लगाएर सीमा व्यवस्थित गर्नुपर्छ भन्ने अभिव्यक्त यो चलचित्रले गरेको छ ।

प्रदर्शन मिति घोषणा गर्दै खड्काले यो चलचित्रलाई राज्यद्वारा आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन र विदेशमा प्रदर्शनका लागि कूटनीतिक पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । चलचित्रमा नवलसँगै गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा लगायतको अभिनय छ ।

प्रकाशित: ३ असार २०८०, आईतवार ०७:३६

Leave a Reply