No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुरुष भलिबलमा नेपाल इरानसँग पराजित

0

काठमाडौं । कीर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल इरानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।

इरानले नेपाललाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ तथा तेस्रो सेट २५–२२ ले पराजित गर्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको थियो भने दोस्रो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो । अब नेपालले आफनो चौँथो खेलमा बिहीबार तुर्किमिनिस्तानसँग खेल्नेछ ।

प्रकाशित: ५ असार २०८०, मंगलवार १६:२५

Leave a Reply