No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भलिबलमा नेपाल तुर्किमिनिस्तानसँग पराजित

0

काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल तुर्किमिनिस्तानसँग पराजित भएको छ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा बिहीबार भएको खेलमा तुर्किमिनिस्तानले नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो । तुर्किमिनिस्तानले खेलको पहिले सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २६–२३ ले जित्यो तर त्यसपछिको सबै सेट तुर्किमिनिस्तानले आफ्नो पक्षमा पार्यो । तुर्किमिनिस्तानले खेलको तेस्रो सेट २६–२४ ले जित्यो भने खेलको चौथो सेट २५–२० सहित विजयी भयो ।

जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो । यसअघि नेपालले पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानको ए टोली र तेस्रो खेलमा इरानसँग पराजित भएको थियो । अब नेपालले आफ्नो पाँचौँ खेलमा किर्गिस्तानको ‘बी’ टोलीसँग भोलि खेल्नेछ ।

प्रकाशित: ७ असार २०८०, बिहीबार १६:५०

Leave a Reply