No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजासहितको प्रजातन्त्रलाई बोध गर्न अब ढिलो नगरौं

0

जनकराज पाठक ।

मुलुकको विकास निर्माणलाई तिव्रता दिन, नागरिकलाई सुशासन दिन, भ्रष्टाचारलाई निर्मुल पार्न, नव–जवान युवाहरूलाई विदेशिनबाट रोक्न गणतान्त्रिक व्यवस्था पूर्णतः असफल भएको छ । यही व्यवस्थामा बसिरहँदा यो सवै विकृतिलाई स्वीकारिरहनुपर्छ। यो व्यवस्थाले धनी र गरिव बीचको खाडल निकै बढाएको छ । धनी झन् धनी र गरिव अझ गरिब बन्दै गएका छन् । गणतन्त्रको जामा लगाएर उदाएका नवसामन्ती र नवधनाढ्यहरुले मुलुकलाई लुट्दा,लुट्दा टाट पल्टाउन लागिसकेका छन् । किसान, जनजाति,महिला,दलित,मधेसी वा अन्य कसैको जीवनमा यो व्यवस्थाले खासै परिवर्तन ल्याउन सकेको छैन।

प्रचण्ड, शेरबहादुर.,ओली, माधव,जस्ता पात्रहरुले गणतान्त्रिक व्यवस्थाको नै प्रतिनिधित्व गर्ने हुँदा कुन सरकार कहिले ढल्छ अनि कसको सरकार बन्छ र कसरी मन्त्री बन्ने, को को मन्त्री बन्ने भन्ने सोच त्यागेर जनताको साथ र समर्थनमा गणतन्त्रिक व्यवस्थाविरुद्ध विद्रोहको तयारी गर्ने समय भइसकेको छ ।

सबैको आ– आफ्नै चरित्र हुन्छ, आ–आफ्नै धरातल हुन्छ त्यसैको जगमा उभिएर मात्र सुन्दर भविष्यको निर्माण हुनसक्छ भन्ने यथार्थतालाई भुल्दा आज हामी इतिहासकै कठिन मोडमा पुगेका छौं । यसलाई मनन गर्दै सुन्दर भविष्य, सुन्दर समाज अनि सुन्दर देश निर्माण गर्ने हो भने राजासहितको प्रजातन्त्र, सर्वधर्म समभावसहितको वैदिक सनातन हिन्दू अधिराज्य अनि सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली नै मुलुकको चरित्र हो भन्ने यथार्थतालाई बोध गर्न अब ढिलो नगरौं । यसैबाट मात्र नेपाल र नेपालीको हित हुन्छ । सबैको जय होस् ! जय राष्ट्रवाद ।

प्रकाशित: १४ असार २०८०, बिहीबार १४:१६

Leave a Reply