No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सलोन त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित

0

काठमाडौं । सलोन बस्नेतले छोटो सिनेमा ’इम प्योर’ले त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा उत्कृष्ट अभिनेता घोषित भएका छन् । जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् ।

अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ । बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेव्यु गरेका हुन् । उनले काम गर्ने हरेक सिनेमाबाट अभिनयमा तारिफ पाएका छन् ।

अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।

 

प्रकाशित: १६ असार २०८०, शनिबार ११:२९

Leave a Reply