No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आर्टमाण्डूले ‘ऊनको स्वीटर’ निर्माण गर्ने

0

काठमाडौं । कथा भन्ने नयाँ शैली स्थापित गरेर साङ्गीतिक चलचित्र (म्युजिक भिडिओ) निर्माण गरिरहेको आर्टमाण्डूले चलचित्र ‘ऊनको स्वीटर’ (द उलन स्वीटर) निर्माण गर्ने घोषणा गरेको छ ।

साङ्गीतिक चलचित्र झैँ ठूलो पर्दाको चलचित्रलाई समेत नवीन चौहानले निर्देशन गर्दैछन् । उनकै लेखन रहेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र अनिल सुब्बाले अभिनय गर्ने तय भएको छ ।

अघिल्लो वर्ष मञ्चन भएको नाटक ‘चोरको स्वर’ लाई चलचित्रको स्वरूप दिन लागिएको निर्देशक चौहानले जानकारी दिए । उनले भने, “अर्गानिक स्वादको कथा भन्ने सोच बनाइरहेको थिएँ । ममाथि अभिभारा थपिएको छ । राम्रो र फरक चलचित्र बनाउन मेरो प्रयास रहनेछ ।”

अभिनेता कार्कीले यो चलचित्र सफल हुनेमा आफू आशावादी रहेको बताए । “यो समूहसँग बटौली र घुमीघुमीमा सहकार्य गरिसकेको छु । कामप्रति मलाई पूर्ण विश्वास छ । यो चलचित्रमा दर्शकले नयाँपन पाउनेमा विश्वस्त छु”, अभिनेता कार्कीले भने ।

अभिनेत्री मगरले आर्टमाण्डूले गरेका कामहरूको प्रशंसक भएकाले सहकार्य गर्न उत्सुक भएको बताइन् । उनले भनिन्, “मलाई भनिएको पात्र सुन्दा नै गज्जब छ । यो अभिनेत्रीको सपनासमेत हो । छायाङ्कनलाई लिएर म उत्साहित र तयार छु ।”

चलचित्रमा सुजन चापागाईं र झुमा लिम्बूको सङ्गीत, कृष्ण भण्डारीको सम्पादन, चिन्तनराज भण्डारीको छायाङ्कन, कोविद बज्रको पाश्र्वसङ्गीत रहनेछ । यसको छायाङ्कन मङ्सिरदेखि सुरु गरिने बताइएको छ ।

 

प्रकाशित: १ श्रावण २०८०, सोमबार १६:३४

Leave a Reply