No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘बगान’लाई महानगरले तिरायो ५० हजार जरिवाना

0

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नियम विपरित पोस्टर टाँसेको भन्दै सरोज खनाल निर्देशित ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ ।

निर्माता सुरेश वाग्लेले फेसबुकमा पैसा तिरेको रसिद राख्दै महानगरले सहयोग नगरेको गुनासो गरेका छन् । महानगरले पोस्टर टाँसी दृश्य प्रदूषण तथा फोहोर मैला गरे वापत् जरिवाना गरेको जनाएको छ ।

सरोज खनालको अभिनयसमेत रहेको फिल्म गत शुक्रबारदेखि प्रदर्शनमा छ । करिष्मा मानन्धर र प्रमिला कार्कीको मुख्य भूमिका रहेको चलचित्रले एकल महिलाको पुनर्विवाहको मुद्दा उठाएको छ । फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् ।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार ११:१२

Leave a Reply