No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘माइत जाने हो’ भन्दै नाचे,सुबोध, विजय, विना र आभा

0

काठमाडौं । तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन् । यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ ।

गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

प्रकाशित: १० श्रावण २०८०, बुधबार ०३:३४

Leave a Reply