No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सजिनालाई ‘मिस एलिगेन्स’को उपाधि

0

काठमाडौं । श्रीलंकामा भएको पहिलो संस्करणको मिस वल्र्ड टुरिजम २०२३ मा नेपालकी सजिना खनालले मिस एलिगेन्सको अवार्ड जितेकी छन् । सर्लाहीकी २२ वर्षीया खनाल प्रतियोगितामा टप टेन भित्र पनि परेकी थिइन् ।

नेपाल लगायत विश्वका ३० भन्दाबढी मुलुकका युवतीको सहभागिता रहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शनिबार जुलाई २९ तारिखमा श्रीलंकाको कालुटारास्थित साइट्रस वास्काडुवामा सम्पन्न भएको थियो । श्रीलंका उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए ।

प्रतियोगितामा नेपाली पहिरन, कलासंस्कृति मार्फत आफुले नेपाल चिनाउन सफल भएको खनालले बताइन् । सजिनाले सन् २०१८ मा टिन प्रिन्सेस् नेपाल २०१८ उपाधि जितेकी थिइन् भने यसबीचमा उनले केही रनवे, फोटोसुट र कमर्सियलमा मोडलिङ समेत गरेकी छिन् ।

प्रकाशित: १७ श्रावण २०८०, बुधबार १७:१०

Leave a Reply