No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गौहत्या सनातन धर्ममाथि खुलमखुला चुनौती

0

प्रकाश रायमाझी ।
वैदिक सनातनी परम्परा प्राचीन धर्म संस्कृति र हाम्रो पूर्वीय दर्शनमाथि निरन्तर आक्रमण हुँदै आएको छ । भौतिकद्वन्द्ववादीहरूले धार्मिक सहिणुता माथि दखल पुर्याउनका निमित्त नियोजित ढङ्गबाट गौहत्या गर्दै सनातन धर्ममाथि खुलमखुला चुनौती दिएका छन् । यसको जति निन्दा गरेपनि कम हुन्छ। प्रधानमन्त्री स्वयम्ले जाति राज्य गौहत्या जस्ता घटनालाई संरक्षण प्रोत्साहित गर्दै आएका छन् । समस्त नेपालीहरु एकजुट भएर यस्ता मतिभ्रष्ट कथित नेताबाट नेपालको पुण्य भूमिलाई बिटुलो बनाउन दिनुहुँदैन । धरानमा भएको घटना सामान्य होइन सदियौंदेखि मिलेर बसेको समाजलाई भड्काउने जातीय द्वन्द्वमा मुलुकलाई धकेलिने योजना हो।

यस्ता व्यक्ति वा संस्थालाई बेलैमा चिनेर कानुनको कठघरामा ल्याउनुपर्छ अन्यथा गौहत्यामा संलग्न भएका व्यक्ति मात्र होइन राज्य प्रशासकलाई समेत जनताले नांगेझार पारेर सडकमा भौतिक दण्ड दिनुपर्ने अवस्था पनि हुनसक्छ । यसको जिम्मेवार यही निकम्मा सरकार हुनेछ । खुलमखुला गौहत्या भइरहेको छ राज्य प्रशासक तिमीलाई संरक्षण गर्नमा उद्धत भएको छ। जाति राज्यको गन्ध, धर्म संस्कृति माथि आक्रमण हुँदा अब हामी मुकदर्शक बनेर रहन सक्दैनौं ।

कथाकथित धर्मनिरपेक्षता आयातित गणतन्त्रका खेतालाहरूको अत्याचारबाट नेपाली जनताको धैर्यताको बाँध टुटिसकेको छ अब धेरै दिन बाँकी छैन ति विदेशीहरूको गुलामको मुकुण्डो उत्रन । शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमा रोक लगाएर निकम्मा सरकारले कायरता देखाएको छ। नेपालको कुनै पनि कुनामा गौहत्या वा हाम्रो समाज भड्काउने तत्वहरु सल्बलाउन थाल्छन् भने त्यसको कडा प्रतिकार जस्तोसुकै रुपमा गर्न नागरिक समाज तयार भइसकेको छ। यस्ता पथभ्रष्टहरूको आदेश मानेर सुरक्षाकर्मीहरु पनि उत्तेजित नहुन हामी आग्रह गर्दछौं।

प्रकाशित: ९ भाद्र २०८०, शनिबार ०९:४४

Leave a Reply