No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पहिरोले दोलखाको बिगुमा चार घरमा क्षति

0

 

दोलखा । दोलखामा पहिरोले चार घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राती बिगु गाउँपालिका–३ ओलीटारमा पहिरोले क्षति पुर्याएको हो ।

पहिरो आउनु अघि नै घर छोडेर भागेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय कुमार खड्काले जानकारी दिए । पहिरोबाट स्थानीय राजकुमार ओली, कमलप्रसाद ओली, उद्धवप्रसाद ओली र डम्बरप्रसाद ओलीको घरमा क्षति पुर्याएको हो । पहिरोबाट पशुचौपाया र धानखेतीमा क्षति पुगेको उनले बताए ।

इलाका प्रहरी कार्यालय सिङ्गटीका अनुसार पहिरोले माथिल्लो तामाकोशी–लामाबगर सडक बगाएको छ । सडक अवरुद्ध भएपछि गौरीशङ्कर र बिगु गाउँपालिकामा आवतजावत गर्न समस्या भएको छ ।

प्रकाशित: १० भाद्र २०८०, आईतवार ०९:०९

Leave a Reply