No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ को सन्देशसहित विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन हुँदै

0

काठमाडौँ । ‘माटो जोगाऔँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा तीन हजार पाँच सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रूपमा एक हजार वटा म्याराथन गर्नुहुने भएको छ । उनले यहाँ पत्रकार सम्मेलन गरी पृथ्वीको बिग्रिँदै गरेको वातावरण र पर्यावरण बचाउन र मान्छेले मान्छेका अधिकार प्राप्त गर्नका लागि विश्वभरि अभियान सुरु गर्न लागेको बताए ।

कार्यक्रमको नाम ‘सेभ द अर्थ एन्ड ह्युमानिटी’ राखिएको छ । विश्वभरका एक सय ५० भन्दा बढी देशमा म्याराथन सञ्चालन हुने बताइएको छ । कार्यक्रम आगामी असोज १ गतेदेखि सगरमाथा आधार शिविरबाट सुरु हुनेछ । पहिलो चरणमा सगरमाथा आधार शिविरबाट पृथ्वीको सबैभन्दा होचो स्थान मृत सागरसम्म हुने बताइएको छ । उक्त अवधिमा ६० वटा म्याराथन हुनेछन् ।

धावक पुनले विश्वभर ४२ हजार एक सय ९५ किलोमिटर दौडिएर यो अभियानलाई सफल बनाउने बताइएको छ । कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तीमा पनि ४२ दशमलव १९५ किलोमिटर हुनुपर्ने मापदण्ड रहेको छ । उक्त मापदण्डका आधारमा उनले एक हजार वटा म्याराथन गर्ने भएका हुन् । पहिलो चरणको अभियान नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, इरान, इराक र जोर्डन पुगेर समाप्त हुने बताइएको छ । एक हजार वटा म्याराथनका लागि साढे तीन वर्षको समयावधि छुट्याइएको धावक पुनले बताए ।

प्रकाशित: २४ भाद्र २०८०, आईतवार १४:४१

Leave a Reply