काठमाडौं । प्रतिभाशाली कलाकार मूकुन भुसालले अभिनय कक्षा सञ्चालन गर्न लागेका छन् । चैत्र १५ बाट सुरु गर्न लागिएको कक्षामा विद्यार्थीहरुको राम्रो उपस्थिति रहनेमा भुसाल ढुक्क छन्। यसअघि पनि पटक पटक अभिनय कक्षा सञ्चालन गरिरहेका भुसालले भने, ‘आहिले देशभरि नै धेरै अभिनय कक्षाहरु सञ्चालन भइरहेका छन् तर ती मध्ये सबैले रंगमञ्चमा गरिने अभिनयलाई प्राथमिकता दिन्छन्, चलचित्र अभिनय पढ्न का लागि भने धेरै महँगो शुल्क र निकै लामो समय खर्चनु पर्ने बाध्यता छ, यस्तो अवस्था मा हाम्रो कक्षा पूर्ण रूपमा चलचित्र अभिनय प्रति केन्द्रित रहने छ।’
४५ दिनको छोटो समयमा निकै धेरै सिकाइको लक्ष्य राखिएको कक्षामा विद्यार्थीहरुलाई चलचित्रका हरेक विधाहरुको जानकारी दिइनेछ। अभिनय मात्र नभएर चलचित्रको टेक्निकल पक्षलाई समेट्दै, चलचित्रको बजारको विषयमा पनि विद्यार्थीहरुलाई सिकाइने छ, जसकारण कलाकार मात्र नभएर, निर्देशन, सम्पादन, छायांकन अथवा चलचित्रको कुनै पनि पक्ष संग जोडिन चाहाने जो सुकैलाई पनि कक्षाले लाभ पुर्याउन सक्ने देखिन्छ।
इभेन्टा म्याजमेन्टको आयोजनामा हुन लागेको उक्त कक्षालाई ओचीएड इन्टरनेशनल बलेजले साथ दिएको छ । कक्षाको लागि हल पनि कलेजले नै प्रधान गरेको छ। आफ्नो संस्था यस्तो क्रियाकलापमा संलग्न हुन पाएकोमा निकै नै खुसी रहेको कललेजका प्रध्यानाध्यापक विदुर दाहालले बताए । ठूलो उत्साहका साथ हुन लागेको उक्त कक्षालाई, राइड पार्टनरको रूपमा ट्याक्सीले सघाएको छ भने मिडिया पार्टनरको रूपमा उज्यालो नेपाल डटकम र दर्पण नेपाल जोडिएका छन् ।
त्यस्तै फुड पार्टनरको रूपमा घरको मिठो आचार जोडिएको छ । आफूहरुले पहिलो पल्ट आयोजना गर्न लागेको यस्तो कक्षाले चलचित्र क्षेत्रमा अघि बढ्न चाहने सम्पूर्ण व्यक्तिलाई कुनै न कुनै रूप मा फाइदा हुने इभेन्ट म्यानेजमेन्टले जनाएको छ। यससँगै ३ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति को पनि व्यवस्था रहेको संस्थाले जानकारी दिएको छ। इच्छुक व्यक्तिले थप जानकारीका लागि इभेन्ट म्यानेजम्यान्टको फेसबुक, इन्स्टाग्राम पेजमा सम्पर्क गर्न सक्नेछन्।



