आफन्त अघिपछि लाएर
कहिले भ्युटावरको छतमा आएर
कहिले पानीजहाजको छतमा आएर
खाएको कसम पचाएर
नयाँ कसर खाएर
चोर औंलो उजाएर
राष्ट्रिय गान गाएर
आँखामा गोबरको चस्मा लाएर
दूरबीनबाट
परको गाउँ वर ल्याएर हेर्दा
भोट देखिन्छ
फाटेको कुर्कुच्च देखिँदैन !!!
अर्जुन पराजुली ।


