+

सेना र प्रहरी र समाज कल्याण परिषदलाई कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

२३ भाद्र २०७९, बिहीबार ११:२२

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलगायतका निकायलाई १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको छ । महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन आग्रह गरेका हुन् ।

तोकिएको समयभित्र कर नबुझाए कानूनबमोजिम कारबाही हुने पनि स्पष्ट पारिएको छ। पत्रमा भनिएको छ,‘अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असूलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने व्यहोरा जानकारीको लागि समेत अनुरोध छ।’