+

रास्वपा महाधिवेशनले प्रतिनिधि सभाको बैठक प्रभावित

१० असार २०८३, बुधबार १६:२६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन समयमा सम्पन्न नहुँदा त्यसको असर प्रतिनिधि सभाको बैठकमा परेको छ ।

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठकको दिन र समय परिवर्तन गरिएको जानकारी दिएको छ।

सचिवालयका अनुसार अब उक्त बैठक शुक्रबार बस्ने तय भएको छ। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो।

यसअघि संसद्को बैठक बिहीबारका लागि निर्धारण गरिएको थियो।