काठमाडौं । हरहर महादेव वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको सहकारीले सोमबार १४ औं साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रुद्रप्रसाद दाहालले सदस्यहरुको आर्थिक र सामाजिक स्तर अभिबृद्धि गर्न सहकारी प्रयत्नशील रहेको बताए । सहकारीले साधारणसभामा आर्थिक वर्ष २०७८/७९ को आर्थिक प्रगति प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आगामी कार्ययोजना तथा अनुमानित आयव्यय पनि पारित गरेको छ ।कार्यक्रमको सन्चालन संस्थाका सचिव तुलसी सुवेदीले गरेका थिए ।



