+

राजश्व छली गरेको अभियोगमा गुप्ताविरुद्ध मुद्दा, तीन करोड ८० लाख बिगो दावी

२० कार्तिक २०७९, आईतवार १७:१६

काठमाडौं । राजश्व अनुसनधान विभागले राजश्व चुहावट गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–३ का सौरभ गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले गुप्ता विरुद्ध भन्सार छली गरी मालसामानको आयात गरी बिक्री वितरण गर्दा राजश्व चुहावट गरेको अभियोग लगाएको छ । विभागले तीन करोड ८० लाख ५९ हजार पाँच सय २६ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा यही कात्तिक १८ गते मुद्दा दायर गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।