-राम महर्जन
नेपालमा वि.सं. २०७२ मा गएको महाभुकम्प लगायत विगत ३ वर्षको अवधिमा भएको लकडाउन, रुस युक्रेन युद्ध, राष्ट्रको अस्थिर राजनीति लगायतको कारणले परेको असरबाट भएको मूल्यबृद्धि तथा विश्वमा नै आएको आर्थिक मन्दिको असरले प्रारम्भिक चरणमा केही ठुला सहकारीमा देखिएको समस्या कारणले संचार माध्यममा आएको सहकारी क्षेत्रका नकारात्मक सूचनाहरु प्रवाह भएको, नेपाल सरकारको निकायबाट नैं सहकारी असुरक्षित छ, बचत नगर्नु भन्ने सुचना प्रसारणले अन्य सहकारी संस्थाहरुमा समेत विगत केही महिना देखि तरलता अभावको समस्या आयो ।
यसै सन्दर्भमा सहकारीकर्मीहरु एकजुट भई सहकारीका विभिन्न समस्या सम्वन्धमा सहकारीका ऐन, नियमावलीमा भएका सहकारी प्रवर्दनका प्रावधानहरु अविलम्ब कार्यान्वयन गराउने, सहकारीमा लागु भएका असान्दर्भिक प्रावधानहरुको खारेजी÷संशोधन गराउने, सहकारीको तरलता समस्या समाधानका लागि राज्यकोषको परिचालन, सहकारीका सदस्यहरुको बचत सुरक्षण लगायतका माग राखि पटक पटक विरोधका आवाजहरु उठाउदै राष्ट्रिय सहकारी महासंघमा मौखिक तथा ज्ञापन पत्र समेत बुझाएका छन् ।
सहकारीकर्मीहरुको अहिलेको आवाज बन्नुपर्ने सहकारीका केन्द्रीय संघ, महासंघ आफ्ना गतिविधिहरु सहकारीका सदस्यहरुमा शिक्षा पुग्ने, सहकारीको सुरक्षाको निम्ती आवाज बन्नुपर्ने परिपेक्षमा पाँचतारे होटलमा सभा सम्मेलन गर्नमा नैं मस्त छ । नेफ्स्कुन CEO समिट तथा महासंघ सहकारी सम्मेलन गर्ने तयारीमा छ । के यि दुबै निकायले सहकारीको समस्या सम्वोधन गर्छन रु यदि गर्दैनन् भने किन यी संघहरुको कार्यक्रमको बहिष्कार नगर्ने रु सबै सहकारीकर्मीहरुले सोच्ने बेला भएन र आज केही ब्यक्तिहरु लिएको ऋण नतिर्ने अभियानमा छन् बैंकर्स संघले विराेध गरिसकेको अवस्थामा सहकारीका संघहरु लाटाले के जाति ……. भनेकाे जस्तो के हेरिरहेका छन् ।


