+

“सामाजिक सद्भाव कायम राख्न र शान्ति सुरक्षाको प्रत्याभूति गर्न हार्दिक अपिल”

१६ श्रावण २०८३, शनिबार ०७:४८

अनेकतामा एकता, हामीबिचको सौन्दर्य हो। विविध आस्था, धर्म, संस्कृति, परम्पराबिचको सद्भाव, सम्मान र मिलन नेपाली समाजको विशिष्टता हो। भौगोलिक विभिन्नता जस्तै विविध जातजाति, भाषा, भेषभूषा एवं रितिथिति नेपाल र नेपालीको मौलिकता हो। यही गौरवशाली इतिहास र निरन्तरताको प्रतिफल एकतावद्ध नेपाल कहिले पराधीन भएन।

बहुलता र विविधताको सम्मान गर्ने सहिष्णु मान्यताबाटै सामाजिक सद्भाव र आपसी एकता मजबुत रहँदै आयो। आजको समयमा पनि सामाजिक सहिष्णुता र सद्भावको विरासत बचाएर राख्नु हामी सबैको साझा कर्तव्य हो। सुनसरीको देवानगन्ज र कप्तानगन्जबाट पछिल्ला दिन सुरु भएको विवाद मधेश प्रदेशका अन्य जिल्लाहरूमा समेत फैलिएको छ।

आपसी द्वन्द्व र अशान्तिबिच तराई क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील बनेको छ र जनजीवन अस्तव्यस्त बनेको छ। झडप, विरोध प्रदर्शन र आगजनीका कारण जनधनको क्षति भएको छ। यस संवेदनशील घडीमा पूर्ण रुपमा जिम्मेवार बनेर शान्ति सुव्यवस्था तत्काल कायम गर्न म नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु।

साथै, आम नागरिकको जिउधनको रक्षा गर्दै शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारसँग जोडदार माग गर्दछु। वार्ता र संवादबाट तनाव अन्त्य गर्न, शान्तिको विकल्पबाट समाधान खोज्न, र धैर्य एवं संयमताबाट आपसी सद्भावको रक्षा गर्न म सम्पूर्ण सरोकारवाला पक्षहरूलाई हार्दिक अपिल गर्दछु।

डा. धवलशम्सेर राणा

२०८३/०४/१४

ताजा अपडेट