No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ज्ञानेन्द्र मल्ल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घको उपाध्यक्षमा मनोनित

0

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले मंगलबार ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ ।

बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए । मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न खेलाडी सङ्घको साधारणसभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार १५:३७

Leave a Reply