+

उमा श्रेष्ठको ‘के भुल गरें थें र मैले’

९ माघ २०८०, मंगलवार १२:२४

काठमाडौँ । गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीतसार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो। उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यता सम्पन्न भिडियो सार्वजनिक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो। सार्वजनिक ‘के भुल गरें थें र मैंले’ बोलको गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ ।

कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन्। भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ । भिडियोमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन्।

बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन्। गीतले भने जस्तै ‘के भुल गरें थिएँ र मैंले’ मलाई सतायौ भन्दै श्रीमतीले श्रीमान संग आफ्नो पीडा व्यक्त गरेकी छन् ।